Duration 4:43

सुन्तले बजार//Vlog// भोजपुर

218 watched
0
14
Published 31 Oct 2020

हामीले हाम्रो च्यानेल मार्फत अपलोड गरिने सामग्रीहरु सामाजिक रुपमा सन्देश मुलक र मनोरञ्जनात्मक हुने भएकोले हामीलाई Subcribe गरेर subcribe छेउको बटममा Click गरि बेल Icon लाई थिच्नुस् ताकि हामीले भिडियो अपलोड गरेको जानकारी तपाईं notification को रुपमा मिल्न सकोस् । https://www.facebook.com/neemaraaz.tamang https://www.facebook.com/nimaraj.lama/ All content included on this video including text, graphics , images , video clips and audio clips , is the property of Fyafulla Online TV or our associates and protected by international copyright laws. The collection , arrangement and assembly of all content on this site is the exclusive property of Fyafulla Online TV , and protected by international copyright laws. You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission form our youtube channel Fyafulla Online TV. Contact us: +9779805313810 neema.raaz111@gmail.com सुन्तले डाडा बजार सुन्तलेडाँडा भोजपुर सदरमुकामदेखि ११ किलोमिटर उत्तरमा पर्छ। भोजपुर नगरपालिकाको वडाहरु २, ३ र ५ को सिमानामा रहेको यो सुन्तले डाडा समुद्री सतहदेखि २ हजार २ सय मिटर उचाइमा रहेको छ। सरकारले एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा भोजपुरको टेम्केडाँडा (मुन्दुम ट्रेल) लाई सूचीकृत गरेको पदमार्ग यहि सुन्तलेको बाटो भएर नै जान्छ । टेम्केडाडाजस्तै पर्यटकिय क्षेत्रमा विकास गरि यो सुन्तले डाडाको पनि संरक्षण र प्रवद्र्धन गरेको खण्डमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सक्ने प्रचुर सम्भावना बोकेको छ । भेडेटार जस्तै उत्तर फर्किए जोल्ठिएर लहरै बसेका हिमाल देखिने, दक्षिण फर्किए तराईको नीलो नदी देखिने पहाडी वस्ती भेडेटारको सौन्दर्य आफैंमा अनुपम छ। त्यस्तै भेडेटारको झल्को दिन्छ भोजपुरको पर्यटकीय क्षेत्र ‘सुन्तले’ले पनि। अग्लो डाँडा, लेकाली क्षेत्र, हिमाललगायत वरपरका डाँडाको दृश्यले त्यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ। सुन्तलेबाट मकालु, कन्चनजंघा हिमालको मनमोहक सौन्दर्य तथा अन्य थुप्रै हिमशृखंला प्रष्टै देख्न सकिन्छ। यहाँबाट देखिने उदाउँदो र अस्ताउँदो सूर्यले मनमा त्यत्तिकै आनन्द मिल्छ। फराकिलो नागी, हरियाली जंगल, सिजनमा फुल्ने गुराँस तथा वरपरको प्राकृतिक दृश्यहरू सुन्तलेको मुख्य आकर्षण हुन्। चैतवैशाखको वसन्त, साउनभदौको हरियाली वनजंगल र चउर डाँडा, कात्तिक मंसिरको खुला शरद र माघमा पर्ने हिमपातका बेला दृश्यावलोकन गर्न आन्तरिक पर्यटकको निकै चहलपहल हुन्छ। पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नसके यो डाँडामा आन्तरिक अलावा बाह्य पर्यटकको आगमन हुने गरेको छ । ग्रामीण क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लाबजार जोड्ने सडक सञ्जालको विस्तारसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ। चहलपहल बढेसँगै घुम्न आउने आगन्तुकका लागि खान, वस्नको सुविधासहित होटल र लजहरू खोलिएका छन्। उत्तरी भेगका मानिसको प्रमुख पैदलमार्ग पनि भएकाले सुन्तलेडाँडा उत्तरी क्षेत्र र सदरमुकाम जोड्ने प्रमुख नाका हो। यहाँको कच्ची सडकलाई स्तरोन्नति गरेर तीन लेनको बाटो बनाएको छ। यही रुट हुँदै सदरमुकामदेखि दिङ्लासम्म ल्यान्डरोभर जिप, यात्रुबसलगायत सवारीसाधन दिनहुँ कुद्ने गर्छन्। सुन्तले डाडाँ सुन्तले बजार नामले पनि परिचित छ । यहा करिब २४ घरधुरी बसोबास गर्छन्। साथै अधिकांशले होटल तथा थोककिराना पसल खोलेर बसेका छन्। समुन्द्री सतहदेखि २२ सय मिटरको उचाइमा रहेको यो ठाउँ बाह्रैमहिना चिसो हुन्छ। गर्मी र विभिन्न घुम्ने बाहनामा पर्यटक यहाँ आउने गर्छन्। वर्षैभरि चिसो हुने भएकोले यहाँ लोकल कुखुराको तिते (किराती समुदायको विशेष परिकार) तोङ्बा, उसिनेको आलु, राँगाको सुकुटी, रायोको साग लगायतका खानेकुराका परिकारहरु विशेषताको रूपमा छन्। प्रायः नयाँ वर्ष तथा विशेष पर्वहरूमा वनभोज कार्यक्रम साथै शनिबार तथा बिदाको दिनमा रमाइलो गर्ने, रिफ्रेस हुने र घुमघाम गर्न जानका लागि उपर्युक्त स्थान हो । १५ सेप्टेम्बरदेखि डिसेम्बरसम्म सुन्तलेमा घुमफिर गर्ने उपयुक्त मौसम हो। लेखक:- निमाराज तामाङ भोजुर नगरपालिका २ , भोजपुर

Category

Show more

Comments - 0