Duration 52:24

कर्मचारीको तलब ५० प्रतिशत मात्र दिन सकिने नत्र उद्योग नै बन्द हुन्छः महासंघ

320 watched
0
7
Published 18 May 2020

कर्मचारीको तलब ५० प्रतिशत मात्र दिन सकिने नत्र उद्योग नै बन्द हुन्छः उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ का कारण डुबेको मुलुकको अर्थतन्त्र उत्थानका लागि सरकारले कुल गाहस्र्थ उत्पादन(जीडीपी) को कम्तिमा ५ प्रतिशत बजेट छुट्याउनु माग गरेको छ । कोभिड–१९ का कारण त्यति धेरै मारमा परेको क्षेत्र छ भने त्यो निजी क्षेत्र नै रहेको भन्दै महासंघले सो क्षेत्रको उत्थानका लागि सरकारले विशेष पहल गर्नु पर्ने बताएको हो । सोमबार भिडियो कन्फेरेसन मार्फत पत्रकार सम्मेलन गर्दै महासँगले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले निजी क्षेत्रको समस्या सम्बोधन गर्न नसकेको भन्दै बजेटमा सम्मबोधन गर्न सरकारसँग माग गरेको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष भवानी राणाले संकटको घडीमा निजी क्षेत्रले सरकारसँग राहत प्याकेज नखोजेर केबल साथ मात्र खोजेको बताइन् । ‘कोरोना महामारीको संकटसँग निजी क्षेत्र जुधिरहेको छ । उद्योग सञ्चालनका लागि कच्चा पदार्थको जोहो गर्न सकिरहेका छैनौं भने, हामीले हाम्रा उद्योग, कलकारखानामा काम गर्ने श्रमिकहरुलाई तलब खुवान सकिरहेका छैनौं । तर यस्तो अवस्थामा पनि हामीले सहज आपूति र बजार व्यवस्थापनमा सरकारलाई साथ दिइरहेका छौं । यस्तो अवस्थामा समेत हामीले हार खाएका छौं । तर के हो भने हामीले हाम्रो र सिंगो मुलुककै अर्थतन्त्र उठाउनका लागि सरकारसँग गुहार गरेका छौं ।’ अध्यक्ष राणाले भनिन्, ‘हामीले केबल सरकारसँग राहत मात्र खोजेका होइनौं, साथ खोजेका हौं । जुन सरकारको नीति तथा कार्यक्रममा समेटिन सकेन । आशा छ बजेटमा समेटिने छ ।’ महासंघका अनुसार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा समेटिने गरी सरकारले कम्तिमा एक खर्ब ८० अर्ब (जीडिपीको ५ प्रतिशत) रुपैयाँ पुनरुथान कोषको व्यवस्था गर्नुपर्छ भने, प्रभावित निजी क्षेत्रको बैंकिङ्ग कर्जामा कम्तिमा ५ प्रतिशतको ब्याजदर कायम गर्नु पर्ने, सावा ब्याज भूक्तानीको समय लम्ब्याउनु पर्ने र भ्याटमा ३ प्रतिशत कम गरी १३ बाट १० मा झार्नु पर्ने सम्मको माग गरेको छ ।

Category

Show more

Comments - 0