Duration 2:24

Jindagani Darpan Chaya | स्वागत तथा विदाई कार्यक्रम | PNC | Education Faculty

223 watched
0
8
Published 21 Dec 2021

पुष ५, पोखरा पोखरा–१ बगर स्थित भिमकालीपाटनमा रहेको पृथ्वीनारायण क्याम्पसमा आज स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा संकायले आज एक कार्यक्रमको आयोजना गरी प्रथम वर्षका नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा चौथो वर्षका विद्याथीलाइ विदाई गरेको हो । पिएन क्याम्पस शिक्षा संकायको आयोजना तथा शिक्षा शास्त्र संकायको प्रध्यापक लाल बहादुर कुवरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । उनिहरुले विद्यार्थी शिक्षक र अभिभावक मिलेर अघि बढे मात्र नतिजा सुधार गर्न सकिनेमा जोड दिएका थिए । सो अवसरमा विद्यार्थी कविता घर्ति , शिक्षकहरु बसुन्धरा पाण्डेय , गोमा बालान क्षेत्रि , थानेश्वर आचार्य , विद्यालय ब्यबस्थापन समितिकि सदस्य शुस्मा गिरी विदाई भएर जानुभएका शिक्षक वलदेव आचार्य , विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपाने , वडा नम्बर १९ का वडा सचिब मान बहादुर रावत,लगायतले बधाई तथा विदाई मन्तव्य ब्यक्त गरेका थिए । सो अवसरमा लामो समय सम्म विद्यालयमा रही शिक्षण पेशामा रही अवकास लिनुभएका निबृत्त शिक्षकहरु शंकर आचार्र्य र बलदेब आचार्यलाई दोसल्ला ओढाएर अविर माला सहित मायाको चिनो प्रदान गरीएको थियो ।त्यसैगरी एस।एल।सी।मा उतिर्ण विद्यार्थीहरु लाई अविर माला सहित मायाको चिनो स्वरुप कक्षा १० का विद्यार्थीहरुले डायरी र कलम प्रदान गरेका थिए । सो कार्यक्रममा नेवि शिक्षा सभापति अमर मोहमदले शिक्षा संकाय नपढ्नेलाई मास्टरीको जागिर रोक्न माग गरे । ।सो कार्यक्रममा बोल्दी कार्यक्रम संचालिका आरधनाले गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि शिक्षकको सीप र क्षमता बढाउनु अपरिहार्य भएको र अन्य पेशाहरूको तुलनामा शिक्षण पेशा अत्यन्तै संवेदनशील र जिम्मेवारीपूर्ण रहने र यो पेशामा देशका निर्माता कलिलो बालबालिकाहरूको भविष्यको साथै यिनीहरूमा देश निर्भर भएको हुनाले, देशको भविष्य पनि जोडिएको हुने बताइन । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गित प्रस्तुत र गजल बाचन गरेका थिए ।।

Category

Show more

Comments - 0